सीसीआरसीको दुवै टोली क्वाटरफाइनलमा


काठमाडाैँ। क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा सीसीआरसी ‘ए’ ले मनास्लु ‘ए’ लाई १३–११ तथा सीसीआरसी ‘बी’ ले एलआरआईलाई १९–१० ले पराजित गरे।

ब्वाइजमै जेभियर ‘ए’ ले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४, टाइम्सले एनजेवाइएसलाई ११–९, प्लेबक्सले बीभीएसलाई ९–७, प्रिमियरले मनास्लु ‘बी’ लाई २१–१३ र जेभियर ‘बी’ ले गोल्डेनगेट ‘बी’ लाई १२–१० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

क्वाटरफाइनल जेभियर ‘ए’ ले र सेन्ट जेभियर्स, सीसीआरसी ‘बी’ ले टाइम्स, सीसीआरसी ‘ए’ ले प्लेबक्स तथा जेभियर ‘बी’ ले प्रिमियर विरुद्ध खेल्ने छन्। गल्र्समा पनि क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनल टिम क्वासन र चेल्सी, गोल्डेनगेट र साइपाल, जेम्स र हिमशिला तथा बलर्स र एलआरआईबीच हुनेछ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिम सहभागी छन्। ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। गल्र्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ। नेपाल बास्केटबल संघको सहकार्यमा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको