कराते टोली चीन जाने


काठमाडाैँ। एकेएफ यु–२२ कराते च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली मंगलबार चीनको शाओगाउँ जाने भएको छ।

सेप्टेम्बर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ६७ केजीमुनि प्रदीप बइजाली मगर, कातामा जावेद रेहान, ५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ क्ेजीमुनि सन्दिप तामाङ र ७६ केजीमाथि निगम तिम्सिनाले प्रतिस्पर्धा गर्ने छन्।

महिला ६१ केजीमुनि मनीषाकुमारी बोहरा, ५० केजीमुनि अन्जली मगर र ५३ केजीमुनि सोनाम शेर्पाले खेल्ने छन्। अफिसियलमा राजेन्द्र बराल र प्रशिक्षकमा कुशल श्रेष्ठ छन्। कुशल भने चीन पुगिसकेका छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको