अपराजित रहँदै संकटा महिला लिगमा छनोट


काठमाडौं। अपराजित रहँदै संकटा फुटबल क्लब एन्फा महिला लिगका लागि छनोट भएको छ।

च्यासल रंगशाला मंगलबार सम्पन्न दिनकाे दाेस्राे खेलमा पोखरा गर्ल्स एफसीमाथि ६–१ को फराकिलाे जित हात पार्दै संकटा छनोट हुने पहिलो टोली बनेकाे हाे।

समूह ‘बी’मा रहेको संकटाको यो लगातार पाँचौं जितसँगै शीर्ष स्थानमा रहेर दोस्रोपल्ट लिग खेल्ने पक्का भएको हो। गत सिजन भने संकटाले छनोट नै नखेलि लिग खेलेको थियो।

संकटाको जितमा स्ट्राइकर पूर्णिमा राईले ह्याट्रिक गोल गरिन्। सेनु परियारको नाममा दुई गोल रह्यो। एक गोल आत्मघाती उपहार प्राप्त गर्‍यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको