काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सन्चालन सम्बन्धी कार्य विधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ।
राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइन्।
सदस्य–सचिव घिसिङले कार्यदलले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरेपछि कार्यान्वयनमा आउने जानकारी दिए।
खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडी मैत्री, सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाव सहित प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन्।


