झापाको महिला लिगमा छनोट हुने सम्भावना कायमै


काठमाडौं। झापा एफसीले एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै राखेको छ।

च्यासल रंगशालामा बिहीबार सम्पन्न दिनकाे दाेस्राे खेलमा झापाले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरमाथि २–० को जित हासिल गरेको हो। योसँगै झापा समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ।

यो समूहबाट संकटा यसअघि नै लिगका लागि छनोट भइसकेको छ। झापाले सबै ६ खेलबाट १२ अंक जोडेको छ। समान अंक रहेको न्युरोड टिम (एनआरटी)ले एक खेल खेल्न बाँकी छ।

झापाको जितमा मनीषा थापामगर र निशाकुमारी बुर्जाले गोल गरिन्।

खेलको ४४औं मिनेटमा मनीषाको गोलमार्फत झापाले सुरुआती अग्रता लिएको थियो। निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा निशाले अर्को गोल थप्दै सहज जित दिलाइन्


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको