मेस्सीकाे दुई गोलमा अर्जेन्टिना विजयी


काठमाडौँ । कप्तान लियाेनल मेस्सीकाे दुई गाेलकाे मद्यतमा अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनाेटमा शानदार जित हासिल गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा अर्जेन्टिनाको जितमा मेस्सीसँगै एक गोल लाउतारो मार्टिनेजले ‍गरेका थिए ।

यो जितपछि अर्जेन्टिनाको १७ खेलबा ३८ अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनाेट भएको छ । अर्जेन्टिनाले आफ्नो अन्तिम खेल सेप्टेम्बर ९ मा इक्वेडरसँग खेल्ने तालिका छ ।

पराजित भेनेजुएलाको भने १७ खेलबा १८ अंक रहेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको