नेपाल र बंगलादेशबीचको खेल स्थगित


काठमाडौँ। नेपाल र बंगलादेशबीचको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।

देशकोस्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। खेल दशरथ रङ्गशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका थियो।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको