रियलकाे चाैथाे जित

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार चौथो जित दर्ता गरेकाे छ।

शनिबार राति सम्पन्न खेलमा रियलले रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रियलको जितमा किलीयन एम्बाप्पे र अर्दा गुलेरले एक एक गोल गरे। सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल फर्काएका थिए।

खेलको ३२औं मिनेटमा डीन हुइजसेनले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो।

जितसँगै रियलले ४ खेलमा १२ अंक जाेडेर शीर्ष स्थानमा उक्लिएकाे छ। त्यस्तै सोसियडाडले भने यस सिजनमा खेल जित्न सकेको छैन। सोसियडाडले ४ खेलमा २ बराबरी र २ खेलमा हार बेहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको