काभा महिला आउटडाेर भलिबल स्थगित

काठमाडाैँ। आगामी नोभेम्बर १५ देखि २२ सम्म नेपालमा हुने भनिएकाे काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को शनिबार भर्चुअलमार्फत बसेको बोर्ड मिटिङले काठमाडौंको टुडिँखेलमा गर्ने भनिउको काभा महिला बउटडोर नेसन्स लिग स्थगित गर्ने निर्णय गरेको हो।

मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको नेपाल भलिबल संघले जनाएकाे छ। यस्तै संघले भनेकाे छ नेपालको जारी अवस्थाका कारण काभाले आफ्नो निर्धारित कार्यक्रम स्थगित गरेको छ र अवस्था सामान्य भएपछि पुनः सुरु हुनेछ।

नेपालको जारी अवस्थाका कारण धेरैजसो देशहरूले आफ्नो राष्ट्रिय टोली पठाउन अस्वीकार गरेका छन्। यस संकटमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताहरू आयोजना गर्नु र धेरै सीमित स्रोतसाधन भएका हाम्रा राष्ट्रिय टोलीहरूलाई अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताहरूमा पठाउनको लागि पनि सजिलो काम होइन। यदि हाम्रो देशमा शान्ति, भ्रातृत्व, सम्मान र हामी बीच राम्रो समझदारी छ भने, हामी हाम्रो सरकार, प्रायोजकहरू, भलिबल प्रशंसकहरू र सरोकारवालाहरूको सहयोगमा निश्चित रूपमा हाम्रो भलिबल गतिविधिहरूलाई तीव्र पार्नेछौं।

यद्यपि, नेपाल भलिबल संघले खेलाडी र अधिकारीहरूको सुरक्षाको लागि सामान्य अवस्थामा आफ्नो घरेलु कार्यक्रम जारी राख्न सक्दो प्रयास गर्नेछ। भलिबल संघले उल्लेख गरेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको