काठमाडौँ । एसीसी एसिया कपमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको छ। आइतबार राति भएकाे खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।
पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे।
भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१-३१ रन बनाएका थिए। त्यसैगरी शुभमन गिल र शिवम दुवेले १०-१० रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो।
पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए। त्यस्तै फखर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए।
भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्सर पटेलले २-२ विकेट लिए। त्यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिएका थिए।
भारतको याे लगातार दोस्रो जित हो।


