अल नासरको दोस्रो जित


काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ।

आइतबार राति सम्पन्न खेलमा नासरले अल खोलूडलाई २-० गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा साडियो माने र इनिगो मेटिनेजले एक एक गोल गरे।

पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे खेलकाे ५२औँ मिनेटमा मानेले गाेल गर्दै सुरुआती अग्रता दिलाए। यस्तै, ८१औँ मिनेटमा मेटिनेजले गाेल गर्दै नासकाे जित पक्का गरे।

जितसाँगै नासरले दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै अल खोलूडको भने यो लगातार दोस्रो हार हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको