समीर चम्किँदा नेपालको जित


काठमाडाैँ। समीर कुमार चम्किँदा नेपालले साफ यु–१७ पुरुष च्याम्पियनसिपमा विजयी सुरुआत गरेकाे छ।

कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा सोमबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टाेली श्रीलंकालाई २–० ले पराजित गरेकाे हाे।

नेपालकाे जितमा समीरले दुवै गाेल गरे। पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे। समीरले खेलकाे ५२ र अतिरिक्त समयकाे तेस्राे मिनेटमा गाेल गर्दै नेपालकाे पक्का गरेका हुन्।

त्यसअघि खेलकाे २७औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि श्रीलंका १० खेलाडीमा समेटिएकाे थियाे।

जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको