डेमोन्स्ट्रेसन टोलीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन


काठमाडाैँ। काठमाडौं जिल्ला तेक्वान्दो संघले रियलिटी सो ‘इन्डियन गोट ट्यालेन्ट’ मा सहभागी हुने एनटीए डेमोन्स्ट्रेसन टिम, नेपाललाई मंगलबार बिदाइ गरेको छ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, सचिव गौरव रजकलगायतले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिएको सचिव रजकले जनाएका छन्। मन्दिप राईको नेतृत्वमा २६ सदस्यीय टोली बुधबार भारतको मुम्बई प्रस्थान गर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको