एमबापेको दुई पेनाल्टीमा रियल विजयी


काठमाडाैँ। फ्रेन्च फर्वाड केयलिन एमबापे पेनाल्टी चम्किँदा युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा रियल मड्रिडले विजयी सुरुआत गरेकाे छ।

पहिलो दिन खेलमा उपाधिको बलियो दाबेदार रियलले जित दर्ता गर्न निकै संघर्ष गर्नु परेका छ। रियलले ओलिम्पिक डी मार्सेलाई गएराति सम्पन्न खेलमा २–१ ले हरायाे।

रियलकाे जितमा केयलिन एमबापेले दुई गोल पेनाल्टीमार्फत गरे। बर्नाबाउमा मार्सेले टिमोथी वेहको गोलले २२औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो। त्यसपछि एमबापेले २८ र ८१ औं मिनेटमा गोल गरे।

खेलकाे ७२औं मिनेटमा रियलका ड्यानील कार्भहालले राताे कार्ड व्यहाेरेपछि १० खेलाडीमा समेटिएकाे थियाे। जितसँगै रियलले तीन अंक जाेडेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको