बंगलादेशसँग नेपाल ४–० ले पराजित


काठमाडाैँ। साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशसँग फराकिलाे पराजय व्यहाेरेकाे छ।

श्रीलंकाकाे कोलोम्बो रेसकोर्स स्टेडियममा बिहिवार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएकाे हाे।

बंगलादेशकाे जितमा मोहम्मद साबीर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे।

पहिलाे हाफमा एक गाेल व्यहाेरेकाे नेपालले दाेस्राे हाफमा थप ३ गाेल व्यहाेर्न पुग्याे।

जितसँगै तीन अंक जोडेको बंगलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। पराजित नेपाल दुई खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको