काठमाडौँ। एसीसी एसिया कपको सुपर फोरको समीकरण पूरा भएको छ।
समुह चरणको एक खेल हुन बाँकी हुदानै सुपर फोरमा पुग्ने चार देशको टुंगो लागेको हो।
समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका हुन्। त्यस्तै समुह ‘ए’ बाट युएई र ओमान तथा समुह ‘बी’ बाट अफगानिस्तान र हङकङ बाहिरिएका छन्।
बिहिवार राति सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै श्रीलंका समुह ‘बी’ मा अपराजित रहदै शीर्ष स्थानमा रहेको छ। त्यस्तै समुह ‘बी’ मा बंगलादेश ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेको छ।
अब सुपर फोरमा रहेका सबै देशले एक अर्काविरुद्ध खेल्ने छन्। त्यसमा शीर्ष स्थानमा रहेने दुई देश फाइनलमा पुग्ने छन्।


