राशफोर्डको दुई गोलमा बार्सिलोना विजयी


काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ।

बिहिवार राति सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा मार्कस राशफोर्डले दुवै गोल गरे। त्यस्तै न्यूक्यासलका लागि एक गोल एन्थोनी गोर्डनले एक गोल फर्काएका थिए।

जितसँगै बार्सिलाेनाले पहिलाे खेलबाट तीन अंक जाेड्न सफल भएकाे छ। पराजित प्रिमियर लिग क्लब न्यूक्यासल अंक विहिन छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको