काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघले आयाेजना गर्न लागेकाे साफ क्लब वुमेन्स च्याम्पियनसिप डिसेम्बरमा हुने भएकाे छ।
महासंघले शुक्रबार जनाए अनुसार नेपालमा हुने प्रतियाेगिता २०२५ डिसेम्बर ५ देखि २० सम्म हुनेछ। जसमा ५ देशका क्लबहरुले साहभागिता जनाउने छन्।
साफले पहिलो पटक आयोजना गर्न लागेको प्रतियाेगितामा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन स्पोर्टस एकेडेमी छन्।
साफले एसियामा महिला फुटबलको क्लब प्रतियोगिता गर्न लागेको यो पहिलो पटक हो। यसलाई ऐतिहासिक भएको पनि जनाएको छ।


