रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी


काठमाडौँ । कप्तना क्रिस्टियानाे राेनाल्डाे जोआओ फेलिक्स चम्किँदा अल नासरले साउदी प्रो लिगमा फराकिलाे जित हासिल गरेकाे छ।

शुक्रबार राति सम्पन्न खेलमा नासरले अल रियादलाई ५-१ गोल अन्तरले पराजित गरेको हाे। याे सँगै नासरले नयाँ सिजनकाे लगातार तेस्राे जित हासिल गरेकाे छ।

अल नासरको जितमा रोनाल्डो र फेलिक्सले २-२ गोल गरे भने किंग्सले कोम्यानले एक गोल थपे। त्यस्तै मामाडाउ सियाल्लाले एक गोल गरेका थिए।

जारी लिगमा नासरको ३ खेलबाट ९ अंक जाेडेर शीर्ष स्थानमा छ। रियादको भने यो दोस्रो हार हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको