बुन्डेसलिगामा केनको अर्को ह्याट्रिक

काठमाडाैँ। जर्मन बुन्डेसलिगामा ह्यारी केनले सिजनको दोस्रो ह्याट्रिक गरेका छन्। बायर्न म्युनिकले शनिबार होफनहाइनलाई ४–१ ले हराएकाे खेलमा केनले ह्याट्रिक पूरा गरे।

जितसँगै बायर्नले उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गरेको छ। केनले ४४, ४८ र ७७औं मिनेटमा गोल गरे। त्यसमध्ये अन्तिम दुई गोल पेनाल्टीमा गरेका हुन्। उनले यो सिजन १३ गोल गरिसकेका छन्। सन् २०२३ मा बायर्न आएयता उनले १ सय ३ खेलमा ९८ गोल गरिसकेका छन्।

जितसँगै बायर्नको चार खेलबाट १२ अंक भएको छ। अर्को खेलमा ह्याम्बर्गले हेडेनहेमलाई २–१ ले पराजित गर्‍यो र यो माथिल्लो डिभिजनमा उसको सात वर्षयताको पहिलो जित रह्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको