म्यान्चेस्टर सिटी र आर्सनल १–१ गाेलकाे बराबरीमा राेकिए

काठमाडाैँ। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बराबरीमा राेिकएकाे छ।

आइतबार राति सम्पन्न खेलमा सिटी आर्सनलसँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे छ। याे नतिजासँगै ५ खेलबाट १० अंक रहेकाे आर्सनल दाेस्राे स्थानमा छ भने समान खेलबाट ७ अंक रहेकाे सिटी ९औँ स्थानमा झरेकाे छ।

खेलकाे ९औँ मिनेटमा अर्लिङ हालान्डले गाेल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। खेलमा जित तर्फ अग्रसर बनेकाे सिटी इन्जुरी समयकाे तेस्राे मिनेटमा गाेल ब्यहाेर्दै अंक बाँड्न बाध्य भयाे।

आर्सनलकाे लागि गेब्रियल मार्टिनेली गाेल गर्दै एक अंक दिलाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको