काठमाडाैँ। स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलाेनाले सहज जित हासिल गरेकाे छ।
आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्साले गेटाफेलाई ३–० ले पराजित गरेकाे हाे। याे जितसँगै ५ खेलबाट १३ अंकसहित बार्सा दाेस्राे स्थानमा छ भने गेटाफे समान खेलबाट ९ आठाैँ स्थानमा छ।
बार्साकाे जितमा फेरेन टाेरेसले दुई तथा डानी ओल्मोले एक गाेल गरे।
टाेरेसले खेलकाे १५ र ३४औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमै २–० काे अग्रता दिलाएका थिए। ६२औँ मिनेटमा ओल्मोले गाेल गर्दै बार्सालाई तीन अंक दिलाए।
