डेम्बेलेले जिते बालाेन डेअर अर्वाड


काठमाडाैँ। फ्रेन्च फरर्डव ओसमन डेम्बेलेको फुटबल खेल जीवन धेरै चासाेका साथ हेरिने बालाेन डेअर अवार्ड जितेका छन्।

डेम्बेलेले सोमबार पेरिसमा आयोजित विशेष कार्यक्रममा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड जितेका हुन्।

दोस्रो स्थानमा स्पेनका लामीन यमल रहेका थिए भने तेस्रो स्थानमा पोर्चुगलका भिटिन्हा र चौथो स्थानमा इजिप्टका मोहमद सलाह रहेका थिए।

बालोन डोअरको यस सूचीमा फ्रान्सका किलीयन एम्बाप्पे सातौं स्थानमा र ब्राजिलका भिनिसियस जुनियर १६औं स्थानमा रहेका थिए।

पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई गत सिजन युरोपेली च्याम्पियन्स लिग जिताएका उनले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो।

च्याम्पियन्स लिगको फाइनलमा भने पीएसजीले इन्टर मिलानलाई ५–० ले हराएको थियो।

महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन्। स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर बोनमटी यो अवार्ड लगातार तीन पल्ट जित्ने पहिलो खेलाडी पनि भएकी छिन्। वुमेन्स युरो २०२५ मा स्पेन उप–विजेता हुँदा बोनमटी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको