रियल मड्रिडले फराकिलाे जित

काठमाडाैँ। स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलाे जित हासिल गरेकाे छ।

मंगलबार राति सम्पन्न खेलमा रियलले लेभान्टेलाई ४–१ गाेलले पराजित गरेकाे हाे। याे सँगै जारी लिगमा रियलले लगतार छैटाैँ जित हासिल गरेकाे हाे। रियलले जितसँगै ६ खेलबाट १८ अंक जाेडेकाे छ। यता समान खेलबाट चार अंक रहेकाे लेभेन्टे १६औँ स्थानमा छ।

रियलकाे जितमा केलियन एम्बापेले दुई भिनिसियस र फ्रान्काे मास्टान्टुओनो समान एक गाेल गरे। यता लेभेन्टेका लागि एट्टा इयाेङले गरेकाे गाेल सान्त्वना बन्याे।

पहिलाे हाफमा रियलले २–० काे अग्रता बनाएकाे थियाे। खेलकाे २८औँ मिनेटमा जुनियरले गाेल गर्दै रियललाई अग्रता दिलाएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको