काठमाडौँ। साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दै छन्।
श्रीलंकाकाे कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।
नेपाल समूह ‘ए’ काे उपविजेता तथा भारत समूह ‘बी’ काे विजेता बन्दै सेमिफाइलमा पुगेका हुन्। नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो।
त्यस्तै भारत भने समुह ‘बी’ मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो। भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन्। यो खेल नेपाली समयअनुसार दिउँसो ३ १५ बजेदेखि हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ।
