नेपाल र मलेसियाबीचको तेस्रो खेल आइतबार


काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र मलेसियाको महिला टोलीबीचको तेस्रो टि२० आई आइतबार (भोली) हुदैछ ।

मलेसिया र नेपालबीचको तेस्रो टि२० खेल नेपाली समय अनुसार आइतबार बिहान पौने ८ मा बायुमास ओभलमा हुदैछ । पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हासिल गरेर पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

नेपाल बिहीबार भएको पहिलो खेलमा ३ रनले पराजित भएको थियो । भने, शनिबार भएको दोस्रो खेलमा नेपालले ६ विकेटको सहज जित हात पारेको थियो ।

भोलीको खेलमा जित हात पारेर नेपाल सिरिजमा अग्रता बनाउँने लक्ष्यमा रहेको छ । सिरिजको चौथो र पाँचौ खेल क्रमशः मंगलबार र बुधबार रहेको छ । नेपाल आगामी जनवरीमा घरेलु भुमीमा नै आयोजना हुने आइसिसी महिला टि२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको