नेपालको लगातार दोस्रो जित


काठमाडौँ। आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्र छनाेटकाे सुपर सिक्समा नेपालले कतारलाई पराजित गरेको छ। सोमबार राति सम्पन्न छनाेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।

नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको कतारले १९.५ ओभरमा अलआउट हुँदै १४२ रन मात्र बनायाे।

कतारका लागि इमाल लियानागेले सर्बाधिक ५६ रन बनाए भने जुबैर अलीले ५२ रन बनाएका थिए। त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने नन्दन यादवले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २६ रन बनाएका थिए। त्यस्तै गुलशन झाले ८ बलमा १६ रनको महत्वपूर्ण योगदान दिएका थिए। त्यसैगरी कुशल भुर्तेलले ६, आसिफ सेखले ११, कुशल मल्लले ८, मोहमद आदीलले २, सन्दीप जोराले १, सोमपाल कामीले १४ र नन्दन यादवले १ रन बनाएका थिए।

‍कतारका मिर्जा बैग र डेनियल अर्चरले ३-३ विकेट लिएका थिए। सुपर सिक्समा याे नेपालको लगातार दोस्रो जित हो। नेपाल ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको