काठमाडौं। एएफसी महिला यु-१७ एसियन कप छनोट अन्तर्गत नेपालले शुक्रबार घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
चोनबुरी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार ५ः१५ बजे हुनेछ। बुधबार नेपालले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग बराबरी खेलेको थियो।
हिलाम्मे मैदानमा नेपालले आधा दर्जनभन्दा बढी अवसर सृजना गरेपनि निर्णायक गोल गर्न चुक्यो। एसियन कपका पछिल्ला ९ वटै संस्करणमा छनोट भएको थाइल्यान्डलाई हराए नेपालले ऐतिहासिक सफलता हासिल गर्नेछ।
पहिलो खेलमा तुर्किमिनिस्तानको पोस्टमा १७ गोल गरेको थाइल्यान्डलाई बराबरीको नतिजा फाइनल प्रतियोगिताको ढोका खोल्न पर्याप्त हुनेछ। नेपाललाई भने जित्नै पर्ने दबाब रहेको छ
समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने छ।


