काठमाडौं। म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि विजयी हासिल गरेको छ।
इङ्लिस प्रिमियर लिगमा आइतबार युनाइटेडले लिभरपुलविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ।
एनफिल्डमा पाहुना टोली युनाइटेडलाई जित दिलाउन ब्रायन एमबेउमो र ह्यारी मग्वायरले गोल गरे। लिभरपुलका लागि कोडी गाक्पोले गोल फर्काए।
खेलको दोस्रो मिनेटमै एमबेउमोको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो। गाक्पोले ७८औं मिनेटमा लिभरपुललाई बराबरीमा ल्याए।
मग्वायरले निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा गोल गर्दै युनाइटेडलाई स्पष्ट तीन अंक दिलाए।
प्रिमियर लिग अन्तर्गत आइतबारै सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनहमविरुद्ध २-१ को जित दर्ता गर्यो।
जितसँगै आठ खेलमा १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा छ। पराजित लिभरपुल समान खेलबाट १५ अंकका साथ चौथो स्थानमा छ।


