एस्टन भिल्लासँग सिटी स्तब्ध


काठमाडौँ । म्यानचेस्टर सिटी एस्टन भिल्लासँग स्तब्ध भएको छ।

प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा भिल्लाले सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो। भिल्लाको जितमा खेलको १९औं मिनेटमा माटी काशले गरेको गोल नै खेलको निर्णायक बन्यो।

जितसँगै भिल्लाले ९ खेलबाट १५ अंकसहित लिगमा सातौं स्थानमा उक्लिएको छ। पराजित सिटीको १६ अंकसहित चौथो स्थानमा झरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको