विश्वकप लिग २ : नेपाल र युएई भिड्दै


काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएईबीच खेल हुँदैछ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने याे खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरू हुनेछ।

यस सिरिजमा नेपाल र युएई दुवै आफ्नाे पहिलाे खेलमा अमेरिकासँग पराजित भएका थिए। नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो।

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।

विश्वकप लिग-२ मा १२ अंकसहित नेपाल सातौं स्थानमा छ। युएईको ६ अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको