भारत विश्वकपको फाइनलमा


काठमाडौँ। भारत आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ।

बिहिवार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।

अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछाएको भारतले ४८.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे।

भारतले महिला क्रिकेटको एकदिवसीय इतिहासकै सबै भन्दा ठुलो लक्ष्य पछाएर जित हासिल गरेको हो। भारतको जितमा जेमिमा रोड्रीगोले अविजित १२७ रन बनाएकी थिइन् भने कप्तान हरमनप्रित कौरले ८९ रन बनाएकी थिइन्। यी दुई खेलाडीले तेस्रो विकेटका लागि १६७ रनको विशाल साझेदारी गरेका थिए।खेलमा रोड्रिग्स ८२ रनमा हुँदा र १०६ रनमा हुँदा अष्ट्रेलियाली फिल्डरहरूबाट जीवनदान पाएकी थिइन्, जसको फाइदा भारतले भरपूर उठायो।

अन्तिम ओभरहरूमा दीप्ति शर्मा (२४ रन) र ऋचा घोष (१७ रन) ले छिटो रन जोडेर जित सुनिश्चित गर्न मद्दत गरे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले फोएबे लिचफिल्डको ११९ रनको शतकीय पारी र एलिस पेरीको ७७ रनको मद्धतले ४९.५ ओभरमा अलआउट हुँदै ३३८ रन बनाएको थियो।

भारतका लागि श्री चरानी र दीप्ति शर्माले २-२ विकेट लिएका थिए। क्रान्ति गौड, अमजोत कौर र राधा यादवले एक एक विकेट लिए। अष्ट्रेलियाका ३ खेलाडी रनआउट भएका थिए।

भारतले अब आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। अफ्रिकाले पहिलो सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेको थियो।

भारत सन् २०१७ पछि पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको