काठमाडाैँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिकाे भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अर्को साधारणसभासम्म निलम्बन गरेको छ।
एन्फाको विधानको धारा ३२ (२) र (६) बमोजिम शुक्रबार आकस्मिक भिडियो कन्फरेन्स बैठक राखिएको थियो।
बैठकको कार्यसूचीमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काविरुद्व एन्फा विधानको धारा ३८ (१६) अनुसार अनुशासनात्मक कारबाही सम्बन्धी विषय मुख्य अजेन्डा रहेको थियो।


