खड्का मुख्य प्रशिक्षकमा नियुक्त


काठमाडाैँ। नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी एसियन कप छनोट २०२७ को लागि खड्का लागि शुक्रबार मुख्य प्रशिक्षककाे जिम्मा दिएकाे हाे।

उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिँदै नेपाली टिमकाे जिम्वारी सुम्पिएका हुने। केही दिन अघि मात्र विदेशी प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका थिए। उनले एक वर्षको सम्झौता बिचमै छोड्दै राजीनामा दिएका थिए।

खड्काेका प्रशिक्षणमा नेपालले अब १३ नाेभेम्बरमा बंगलादेशसँग मैत्रिपूर्ण तथा १८ नाेभेम्बरमा एसियन कप छनाेट अन्तर्गत समूह ‘एफ’ काे खेल मलेसियासँग उसैकाे मैदानमा खेल्नेछ। खड्का एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत थिए।

पूर्व राष्ट्रिय स्ट्राइकरसमेत रहेका खड्का यसअघि पनि राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक रहिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको