काठमाडौं। बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनीहरूलाई महासचिव किरण राईबाट नियुक्तिपत्र प्रदान गरेका हुन्।
एन्फाले शुक्रबार मात्र हरि खड्कालाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। दुई दिनमै साहुखल र घिमिरे खड्काको सहायकका रूपमा टोलीमा समावेश भएका हुन्।
घिमिरे यसअघि पनि राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भइसकेका छन्। त्यस्तै, साहुखलले यसै वर्षको ‘बी’ डिभिजन लिगमा सरस्वती युवा क्लबको टचलाइन सम्हालेका थिए। उनले फेब्रुअरीमा बंगलादेशमा सम्पन्न साफ यु–१९ महिला च्याम्पियनसिपमा पनि नेपाललाई नेतृत्व दिएका थिए।


