रियलमाथि लिभरपुलको जित


काठमाडौँ। इंङ्लिस क्लब लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा तेस्राे जित हासिल गरेको छ।

मंगलबार राति एनफिल्डमा भएको खेलमा ६ पल्टको च्याम्पियन लिभरपुलले रियल मड्रिडलाई १–० ले हराएको हो।

लिभरपुलको जितमा एक मात्र गोल एलेक्स म्याक एलिस्टर गरे। उनले खेलको ६१औं मिनेटमा गोल गरेका हुन्। कीर्तिमान १५ पल्टको च्याम्पियन रियलका लागि उसका गोलरक्षक थिबो कोट्वाले शृंखलाबद्ध बचाउ नगरेको भए हार अझ फराकिलो हुने थियो।

याे हारसँगै जारी सिजन चार खेलमा ९ अंक रहेकाे रियल पाँचाैँ स्थानमा छ भने समान खेलबाट नवाैँ अंकसहित लिभरपुल छैटाैँ स्थानमा उक्लिएकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको