देउरालीकाे पुनरागमन जित

काठमाडाैँ। एन्फा प्रेसिडेन्ट लिग फुटबलमा देउराली युवा क्लबले पुनरागमन जित हासिल गरेकाे छ।

मकवानपुरमा शुक्रबार सम्पन्न दिनकाे पहिलाे खेलमा देउरालीले जन जागृति युवा क्लबलाई ३–१ ले पराजित गरेकाे हाे। खेलमा एक गाेलले पछि परेकाे देउरालीले पछि तीन गाेल फर्काउन सफल भयाे।

देउरालीकाे जितमा मिलन लिम्बुले दुई तथा उज्वल राईले एक गाेल गरे। यता, जन जागृतिकाे लागि शम्भु थारुले गरेकाे एक गाेल सान्त्वना बन्याे।

खेलकाे पहिलाे मिनेटमै शम्भुकाे गाेलबाट जन जागृतिले अग्रता बनाएकाे थियाे। तर, उक्त अग्रता उसले धेरै समय टिकाउन सकेन।

खेलकाे १० र ४४औँ मिनेटमा देउरालीका लागि मिलनले गाेल गर्दै पहिलाे हाफमै २–१ काे अग्रता दिलाए। त्यसपछि निर्धारित समयकाे एक मिनेट अगाडी उज्वलले गाेल गर्दै देउरालीलाई ३–१ काे जित दिलाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको