काठमाडौं। हङकङ सिक्सेसको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ।
आइतबार बिहान सम्पन्न खेलमा युएईले नेपाललाई ४३ रनले पराजित गरेको हो।
युएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्याे। यसअघि युएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो।
यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा यहि सकिएको छ। नेापलले यसअघि शनिबार भएकाे खेलमा भारतलाई ९२ रनले पराजित गरेकाे थियाे।


