काठमाडौं। द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ।
च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको फुटसल ग्राउण्डमा कात्तिक २६ र २७ गते दुई दिन सञ्चालन हुनेछ ।च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको संयोजक मनोज वैश्यले जानकारी दिए।
प्रतियोगितामा सहभागी स्कुललाई विभिन्न पाँच समूहमा विभाजन गरिएको छ। हरेक समूहमा चार–चार टोली छन्। लिग कम नकआउटका आधारमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ। लिग चरणको खेलपछि पाँच समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ र सुपर फाईभ राउण्डमा खेल हुनेछ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का फुटबल प्रमुख प्रशिक्षक अरुणा गुरुङले गर्ने छिन्। उद्घाटन समारोहपछि खेल सुरु हुनेछ। संयोजक वैश्यले यो प्रतिस्पर्धा मात्र नभएर स्कुलहरुबीच मैत्रिभाव स्थापना गर्ने र युवाहरुको उर्जा र टिमवर्कलाई सेलेब्रेट गर्ने माध्यम भएको बताए।
प्रतियोगिताको पावर्ड बाईमा आरजेएम मोटर्स रहेको छ भने अस्मिता पब्लिकेसन, एसिया पब्लिकेसन एण्ड विष्णु देवी कपी उद्योग सह–प्रायोजकको रुपमा छन्। यस्तै आरजे स्पोट्र्स, रिड एण्ड रिटर्न, सुभेक्षा इन्टरनेसनल हस्पिटलको पनि साथ रहनेछ।


