राष्ट्रिय तमू भेडा कप फुटबल बिहीबारदेखि


काठमाडौं। खोटाङ्गे गुरुङ युवा समूह, काठमाडौंको आयोजनामा प्रथम राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

सेभेन ए साइड स्वरुपको प्रतियोगितामा २६ टिमको सहभागिता रहने आयोजक समूहका अध्यक्ष संगित गुरुङले जनाएका छन्। प्रतियोगितामा सम्बन्धित जिल्लाका गुरुङ खेलाडी मात्र सहभागी हुन पाउने छन्।

विजेताले १ लाख नगद पुरस्कारसहित भेडा, उपविजेताले ५० हजार र तेश्रो हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उद्घाटन गर्ने तीनदिने प्रतियोगिताका खेलहरु कपनको आकाशेधारास्थित ह्यान्डबल ग्राउन्डमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको