‘ए’ डिभिजन लिग १२० दिनभित्र गर्ने सहमति


काठमाडौं। लामो विवादपछि एन्फा, खेलाडी संघ, क्लब र युवा तथा खेलकुद मन्त्रालयबीच मंगलबार भएको छलफलले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति गरेको छ। सम्भावित सुरुआत फागुन अन्तिम सातातिर रहनेछ।

यसअघि एन्फाले लिग अर्को वर्ष सार्ने निर्णय गरेपछि खेलाडीहरूले धर्ना दिएर विरोध गरेका थिए। खेलाडी संघले ‘पहिले ‘ए’ डिभिजन, पछि राष्ट्रिय लिग’ माग गर्दै राष्ट्रिय लिगको प्रस्ताव अस्वीकार गरेको थियो।

एन्फा अध्यक्ष पंकज नेम्वाङले राष्ट्रिय लिग १० टिममा गर्ने तयारी भइरहेको बताए। तर, खेलाडी संघका अध्यक्ष विक्रम लामाले ८८४ दिन लिग नहुँदा खेलाडी बेरोजगार भएको र राष्ट्रिय लिगमा धेरै खेलाडी वञ्चित हुने तर्क गर्दै पहिले ए डिभिजन अनिवार्य भएको बताए।

मन्त्री बब्लु गुप्ताले एन्फाले स्पष्ट मिति निर्धारित गर्नैपर्ने र क्लबसँग पनि सहमतिमा लिग टुंग्याउने बताउँदै ‘अब लम्ब्याउने स्थिति छैन’ भने।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको