निःसर्गको दोहोरो जित

काठमाडाैँ। निःसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ। निःसर्गले सिनियर र जुनियर ब्वाइजमा सफलता पायो।

सिनियर ब्वाइजमा निःसर्गले एलआरआईलाई ३०–७ ले पराजित ग¥यो। निःसर्गका कृतिकले ७ अंक जोडे। जुनियर ब्वाइजमा निःसर्गले बाघभैरवलाई १०–४ ले हरायो। निःसर्गका अर्पितले ४ स्कोर गरे।

सिनियर ब्वाइजमा ज्ञानोदयले युनाइटेड युनिभर्सललाई १८–२, मंगलले ज्ञानोदयलाई ३४–२३, स्वर्णिमले एभीएमलाई ३३–२२, रेडियन्ट पब्लिकले ल्याबोरेटरीलाई ३२–१८, भ्याली भ्यूले न्यु जेनिथलाई २७–१७ र आयोजक पुष्पसदनले स्वर्णिमलाई ३८–२१ ले पाखा लगाए।

ज्ञानोदयका प्रयुन्श शेरचनले ६, मंगलका अनुक महर्जनले १७, स्वर्णिमका रिजेनले ८, रेडियन्टका सुप्रित लामिछानेका ९, भ्याली भ्यूका गणेशबहादुर विष्टले ९ र पुष्पसदनका सम्राट लामाले १५ अंक बटुले।

जुनियर ब्वाइजमा राराहिलले मंगललाई २०–८ तथा ग्रिनफिल्डले भ्याली भ्युलाई १९–४ ले पन्छाए। राराहिलका निसान केसीले ८ तथा अजय मगरले ९ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको