काठमाडौं। निम्स र आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
निम्सले भ्याली पब्लिकलाई ४६–३४ तथा टीआईएले हेम्सलाई ५२–२६ ले पराजित गरे। निम्सका विसो तामाङले १४ र टीआईएका सुमन नगरकोटीले १८ अंक जोडे।
सोही स्पर्धामा विल्सन एकेडेमीले मंगलदीपलाई ४५–४३ तथा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–६१ ले हराउदै सेमिफाइनलमा पुगे। विल्सनका रेहान डंगोलले २२ तथा ज्ञान निकेतनका सवाज मन्सुरले २८ स्कोर गरे । सेमिफाइनलमा विल्सनको भेट टीआईएसंग हुनेछ भने निम्सले ज्ञान निकेतनको सामाना गर्ने छ।
गल्र्समा भ्याली पब्लिकले ज्ञानोदयलाई ३१–१७, ग्रिनल्यान्डले हिमरश्मिलाई २६–१४, चेल्सीले काष्ठमण्डप विद्यालयलाई २१–१४ र निम्सले युरो स्कुललाई २८–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। भ्याली पब्लिककी सपना गिरीले ६, ग्रिनल्यान्डकी विहानी राईले ९, चेल्सीकी तेन्जिङ शेर्पाले ६ र निम्सकी रञ्जना खातीले ८ अंक जोडे। सेमिफाइनल ग्रिनल्यान्ड र चेल्सी तथा निम्स र भ्याली पब्लिकबीच हुनेछ।
