काठमाडौँ। ओएसिस् इङलिस स्कुलको आयोजनामा तेश्रो ओएसिस् कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा ३ विधामा २९ टिमको सहभागिता रहने ओएसिस्का कार्यकारी निर्देशक मिनकुमार लिम्बूले जनाएका छन्। सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइतर्फ ९ ब्वाइज टिमको सहभागिता रहने छ।
एसइइतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ३ हजार नगदबाट पुरस्कृत पार्ने छन्। लिग कम नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित आयोजककै कोर्टमा खेलाइने छ।


