विश्वकप छनोट : रोनाल्डोलाई रातो कार्ड, पोर्चुगल पराजित

काठमाडौँ। कप्तना तथा भेट्रान फरर्वाड क्रिस्टियानो रोनाल्डोले करिअरको १२औँ रातो कार्ड व्यहोरेको खेलमा पोर्चुगल पराजित भएको छ।

रिपब्लिक आयरल्यान्डको घरेलु मैदान अविभा स्टेडियममा बिहिबार राति सम्पन्न खेलमा पोर्चुगल २–० ले पराजित भएको हो।

रिपब्लिकको जितमा टोरी पारोटले दुवै गोल गरे। उनले पहिलो हाफको १७औँ तथा ४५औँ मिनेटमा गोल गरे। यस्तै रोनाल्डले खेलको ६१औँ मिनेटमा रातो कार्ड व्यहोरेपछि मैदान छाड्न बाध्य भएका थिए।

यो हारसँगै समूह ‘एफ’ मा पाँच खेलबाट १० अंक रहेको पोर्चुगल विश्वकपमा छनोट हुने अर्को खेल खेल्नु पर्ने भएको छ। उसले समूहको आफ्नो अन्तिम खेल अर्मानियासँग आइतबार इस्टेडियो डो ड्रागाओमा खेल्नेछ।

यता, जितसँगै समान खेलबाट ७ अंक जोडेको आयरल्यान्ड तेस्रो स्थनामा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको