नव जनजागृति राष्ट्रिय लिगमा छनोट


काठमाडौं। एकतर्फी जित निकाल्दै नव जनजागृति युवा क्लब एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ।

मकवानपुरको हेटौंडास्थित गौरिटार रंगशालामा शुक्रबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा नव जनजागृतिले हैरान्स क्लबमाथि ७–२ को जित निकालेको हो।

जितसँगै शीर्ष स्थानमा रहेको नव जनजागृतिले ४ खेलबाट १० अंक पुर्‍याएको छ। नव जनजागृतिको जितसँगै काँक्रेबिहार क्लब पनि राष्ट्रिय लिगमा छनोट भएको छ।

एक खेल कम खेलेको काँक्रबिहारको ७ अंक छ। यो क्लबले ३ अंकसहित चौथो स्थानमा रहेको टाइगर्स टिमसँग अन्तिम खेल खेल्नेछ।

नव जनजागृतिको जितमा सुजन डंगोल एक्लैले ह्याट्रिक गरे। प्रतापसिंह राई, अविनाश स्याङ्तान र कृपाकान्त महतो थारुले समान एक गोल थपे। हैसान्सका विजय दोङ र स्यामुलय सुनारले गरेको गोल सान्त्वना रह्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको