उपाधिका लागि टीआईए र निम्स भिड्ने


काठमाडाैँ। आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र निम्स १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईएले विल्सन एकेडेमीलाई ३९–१९ ले पराजित ग¥यो। टीआईएको जितमा रेशन नगरकोटीले १६ अंक योगदान गरे। फुर्वा तामाङको १४ अंक सहयोगमा निम्सले ज्ञान निकेतनलाई ५०–४० ले हरायो।

गल्र्समा चेल्सी वल्र्ड स्कुल र भ्याली पब्लिकले उपाधि भिडन्त पक्का गरे। चेल्सीले ग्रिनल्यान्डलाई २१–१६ ले पाखा लगायो। चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले ८ स्कोर गरिन्। भ्याली पब्लिकले निम्सलाई ४०–२४ ले पन्छायो। भ्याली पब्लिककी दृष्य गुरुङले १३ अंक बटुलिन्। फाइनल आइतबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको