आयोजक पुष्पसदन सेमिफाइनलमा


काठमाडाैँ। आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले मेगसलाई ४२–३९ ले पराजित ग¥यो। पुष्पसदनका सुशान्त सोजु श्रेष्ठले ११ अंक जोडे। सिनियर ब्वाइजमै रेडियन्ट पब्लिक र निःसर्ग वाटिका पनि सेमिफाइनलमा पुगे। रेडियन्टले ज्ञानोदयलाई ३६–१२ ले हरायो। रेडियन्टका विधान कार्कीले ७ स्कोर गरे। निःसर्गले मंगललाई ४८–४१ ले पाखा लगायो।

राराहिल र भ्याली भ्यूबीच हुने खेलको नतिजाले सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ। उक्त खेल शनिबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको