काठमाडाैँ। वेस्टर्न रिजनल कमिटीको आयोजनामा वेस्टर्न रिजनल स्पोर्ट्स मिट शुक्रबारदेखि सुरु भएको छ।
स्पोर्ट्स मिटको काठमाडौं भ्याली कलेजका अध्यक्ष डा. स्वागत श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे। स्पोर्ट्स मिटमा बास्केटबल, फुटसल, टेबलटेनिस, टग अफ वार र भलिबल खेलको प्रतिस्पर्धा भइरहेको छ।
पहिलो दिन बास्केटबलमा लिग चरणका खेल खेलाइएको थियो।
