काठमाडौँ। एभरेस्ट महिला भलिबल लिगमा फाइनलमा पुगिसकेको ललितपुर क्विन्स साविक विजेता कर्णाली यश्विससँग पराजित भएको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कर्णाली ३–१ को सेटमा विजयी भयो।
योसँगै शतप्रतिशत जित हासिल गरेको कर्णालीले ५ खेलबाट १५ अंक जोडेको छ। समान खेलबाट ललितपुर ९ अंकसहित दोस्रो स्थानमा रहेर फाइनमा पुगेको छ।
यी दुई टोलीले शनिबार उपाधिका लागि खेल्नेछन्।
पहिलो सेट २५–१७ ले गुमाएको कर्णालीले त्यसपछि दोस्रो सेट २४–२६, तेस्रो २५–२३ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पार्यो।


